|  

'नेकपाको असफलताका कारण देशमा राजनीतिक समस्या देखियो': डा. सुरेन्द्र झा (भिडियोसहित) 

२७ चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता डा.सुरेन्द्र झाले पूर्व नेकपाको असफलताका कारण देशमा अहिलेको राजनीतिक समस्या देखिएको बताएका छन् ।

हेडलाईन नेपालको कार्यक्रम हेडलाईन विशेषमा कुराकानी गर्दै नेता झाले सर्वोच्च अदालतको निर्णयले प्रधानमन्त्री केपी शर्मा ओली र ओलीको पार्टी नै सबैभन्दा ठूलो र बलियो देखिएको बताए ।

प्रधानमन्त्री ओलीले गरेको संसद विघटनलाई सर्वोच्चले उल्टाएपछि नैतिकताको आधारमा ओलीले राजीनामा दिनु पर्दैैन भन्ने प्रश्नमा उनले ओलीले कानूनमा टेकेर कदम चालेको र राजीनामा नदिएको जिकिर गरे ।

भिडियो -