|  

राहदानी लिन जथाभावी भिडभाड नगर्न कतारस्थित नेपाली दूतावासको आग्रह

२७ चैत, काठमाडौं । कतारमा कोरोना संक्रमितको संख्या पुनः बढ्न थालेपछि दोहास्थित नेपाली दूतावासले एक सूचना प्रकाशित गरी त्यहाँ रहेका नेपालीलाई अनावश्यक कामको लागि दूतावास नआउन आग्रह गरेको छ। 

भिडभाड कम गर्न पासपोर्टको म्याद ६ महिनाभन्दा बढी हुनेहरुलाई नयाँ पासपोर्टको लागि अहिले आवेदन नदिन दूतावासले भनेको छ। “पासपोर्टको म्याद सकिएको भएता पनि कतार आइडीको म्याद हुनेहरुले तुरुन्तै कतै यात्रा गर्नु पर्ने अवस्था नभएमा पासपोर्टका लागि आवेदन नगर्ने”, दूतावासले भनेको छ।