|  

आईपीएल क्रिकेट: दिल्लीद्वारा चेन्नई पराजित

२९ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा दिल्ली क्यापिटल्सले चेन्नेई सुपर किंग्सलाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा दिल्लीले चेन्नेईलाई ७ विकेटले हराएको हो । १ सय ८९ रनको लक्ष्य दिल्लीले ८ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर पुरा गर्यो । शिखर धवनको ८५ रनको ईनिङ्समा अर्का ओपनर पृथ्वी शाले ७२ रनको योगदान गरे । ऋषभ पन्त १५ रनमा अविजित रहदाँ मार्कुस स्टोनिसले १४ रनको योगदान दिए । चेन्नेईका सार्दुल ठाकुरले २ तथा डायन ब्राभोले एक विकेट लिए ।

यसअघि, पहिले ब्याटिङ्ग गरेको चेन्नेईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । रैनाको अर्धशतकिय इनिङ्समा साम कुरानले ३४ रनको विस्फोटक पाली खेलेका थिए ।

ओपनर ब्याट्सम्यानलाई सस्तैमा गुमाएर दबाबमा आएको चेन्नेईका लागि मोइन अलीले ३६, आम्बाती रायडुले २३ र रविन्द्र जडेजाले २६ रनको अविजित पाली खेले । पुछारमा आएका कुरानले १५ बलमा ३४ रनको बिस्फोटक पाली खेले । उनले २ छक्का र ४ चौकाको मदतले सो रन बनाए ।

ओपनर फाफ डु प्लेसिसले शुन्य रनमा पेविलियन फर्कदा रुतुराज गाइवाड ५ रनमा आउट भएका थिए । दिल्लीका क्रिस वाक्स र अभेष खानले समान २ र रविचन्द्रन आश्विन र टोम कुरानले समान एक विकेट लिएका थिए ।

आईपीएलमा आज सनराइजर्स हैदरावाद र कोलकता नाइट राइडर्सबीच खेल हुनेछ । उक्त खेल चेन्नाईमा हुनेछ ।