|  

आईपीएल: आज वार्नर र मोर्गनबीच प्रतिस्पर्धा हुने

२९ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा आज सनराइजर्स हैदरावाद र कोलकता नाइट राइडर्ससबीच प्रतिस्पर्धा हुँदैछ ।यो खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि चेन्नाईमा हुनेछ । कोलकता इयोन मोर्गनको कप्तानीमा रहेको छ भने हैदरावाद डेभिड वार्नरको कप्तानीमा रहेको छ ।

सन् २०१६ को आईपीएल उपाधि जितेको हैदरावाद त्यसपछि लगातार प्लेअफमा स्थान बनाउन सफल भएको टिम हो । २०१८ को फाइनल खेलेको हैदरावाद चेन्नाईसँग पराजित हुँदै उप विजेता भएको थियो भने गत संस्करणको प्ले अफमा हैदरावादलाई पराजित गर्दै दिल्लीले फाइनलमा स्थान बनाएको थियो ।

हैदरावाद यस सिजन पनि आफ्नो बलिङ लाइनअपकै माध्यमबाट खेल जित्ने लक्ष्यमा रहेको छ । भुवनेश्वर कुमार, टी नटराजन, सन्दीप, खलिल अहमद तथा राशिद खान, मुजीब, नबी र नदीम जस्ता खेलाडीमा भर परेको छ ।

कोलकता पछिल्लो सिजन भने पाँचौं स्थानमा रहेको थियो । यो सिजन उत्कृष्ट शुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रने छ । केकेआरका लागि आन्द्रे रसेलको भूमिका महत्वपूर्ण हुने छ ।

सनराईजर्स हैदरावाद

डेविड वार्नर (कप्तान), जानी बेयरस्टो, केन विलियमसन, मनीष पांडे, अब्दुल समाद, अभिषेक शर्मा, विजय शंकर, भुवनेश्वर कुमार, राशिद खान, संदीप शर्मा, टी नटराजन

कोलकत्ता नाइट राईडर्स

इयोन मार्गन (कप्तान), शुभमन गिल, राहुल त्रिपाठी, नितीश राणा, दिनेश कार्तिक, आंद्रे रसेल, पैट कमिंस, वरुण चक्रवर्ती, हरभजन सिंह, लोकी फर्ग्युसन, प्रसिद्ध कृष्णा