|  

३ हप्ता विद्यार्थी अनलाइन कक्षामा जानुपर्ने स्वास्थ्य मन्त्रालयको सिफारिस

३१ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गइरहेको बेला विद्यालयमा भौतिक उपस्थिति रोकेर अनलाइन कक्षाको विकल्पमा जानुपर्ने सिफारिस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ ।

स्वास्थ्य राज्यमन्त्री नवराज रावतले ३ हप्ताका लागि अनलाइन, भर्चुअल कक्षाको विकल्पमा जान सिफारिस गरिएको  छ ।  एक महिना विद्यालय बन्द गरेर अनलाइन पठन पाठनको व्यवस्था मिलाउन सरकारलाई प्रस्ताव गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

अहिले कोरोना संक्रमित हुनेमध्ये सबैभन्दा धेरै विद्यार्थी र शिक्षकहरु रहेको मन्त्रालयको विश्लेषण छ। प्रवक्ता गौतमले जनस्वास्थ्य मापदण्ड पालना गर्न नसक्ने विद्यालय सञ्चालकहरुले विद्यालय बन्द गर्नुपर्ने बताए। जनस्वास्थ्य मापदण्ड पालना गर्छौँ तर विद्यालय बन्द नगरौँ भनेर जोखिमसँग खेल्न नहुने उनले बताए।

सोमबार मात्रै शिक्षा मन्त्रालयले आयोजना गरेको छलफलमा विद्यालय सञ्चालकहरुले बरु जनस्वास्थ्य मापदण्डको कडाईका साथ पालना गर्ने व्यवस्था मिलाइनुपर्ने तर विद्यालय बन्द गर्न नहुनेमा जोड दिएका थिए। त्यसपछि तत्कालै विद्यालय बन्द गर्ने मनस्थितिबाट शिक्षा मन्त्रालय पछि हटेको थियो।