|  

अभिनेत्री ऋचा शर्मा आमा बन्दै 

१ वैशाख, काठमाडौँ ।  अभिनेत्री ऋचा शर्माले आफू आमा बन्न लागेको खबर सार्वजनिक गरेकी छन् ।नयाँ वर्षको अवसरमा उनले सुन्दर शब्दावली प्रयोग गर्दै सामाजिक सञ्जाल मार्फत खुसी साटेकी हुन् ।

श्रीमान् दिपेक्ष विक्रम राणासँगै सजिवनको रुख रोपेर पानी हाल्दै गरेको तस्बिर सार्वजनिक गर्दै उनले आफूभित्र कोही अरूको धड्कन प्यारो लाग्न थालेको बताएकी छन् । उनले आफ्नी दिवङ्गत आमालाई यो खुसीको क्षणमा सम्झिएकी छन् । उनलाई लागेको छ उनकी आमाले क्षितिज पारीबाट छोरी ठुली भएको अनुभूत गर्दै छिन् ।

उनले २०७६सालको मङ्सिर १९ गते विवाह गरेकी थिइन् । विवाह लगत्तै उनले मातृ शोक भोग्नु परेको थियो ।