|  

इन्स्टाग्राममा अब आफूले गरेको कमेन्ट एडिट गर्न मिल्ने

२७ चैत्र, काठमाडौं । इन्स्टाग्राम अब प्रयोगकर्ताहरूले आफूले गरेको कमेन्टमा रहेका गल्तीहरू सुधार्न एडिट विकल्प प्रयोग गर्न सक्ने भएका छन् ।

यसअघि कुनै पनि सानो टाइपो वा हिज्जे सच्याउन पुरानो कमेन्ट डिलेट गरेर फेरि नयाँ कमेन्ट गर्नुपर्ने बाध्यता थियो, जुन अहिले अन्त्य भएको छ । यद्यपि, यो नयाँ फिचरमा केही सीमाहरू तोकिएका छन्। प्रयोगकर्ताले कमेन्ट पोस्ट गरेको १५ मिनेटभित्र मात्रै त्यसलाई सम्पादन गर्न पाउनेछन् ।

सो १५ मिनेटको समयसीमा भित्र भने जति पटक पनि सच्याउन सकिनेछ।  अर्को महत्त्वपूर्ण कुरा, यो फिचरले केवल टेक्स्टलाई मात्र सच्याउन अनुमति दिनेछ, यदि कमेन्टमा फोटो संलग्न छ भने त्यसलाई परिवर्तन गर्न मिल्ने छैन।

कमेन्ट सम्पादन गर्ने सुविधासँगै इन्स्टाग्रामले किशोरकिशोरीहरूको सुरक्षाका लागि अर्को ठूलो कदम पनि चालेको छ।