|  

विराटनगरमा कोभिड उपचाररत सङ्क्रमितको मृत्यु

वैशाख २, काठमाडौं । विराटनगर कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत कोरोना भाइरस सङ्क्रमित एक जना महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–४ बरगाछीकी ४६ वर्षीया महिलाको आज बिहान ४ः३० बजे निधन भएको हो । 

मृतक महिला उपचारका लागि नोबेल अस्पताल पुगेकी अस्पतालका निमित्त संयोजक एपोलो भगतले जनाएका छन् । पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि नोबेलले बुधबार दिउँसो कोसी कोभिड अस्पताल रेफर गरेको थियो।

गम्भीर अवस्थामा हिजो दिउँसो ४ बजेतिर अस्पतालमा भर्ना गरेर उपचार थालिए पनि बचाउन नसकिएको भगतले जानकारी दिए । उनले शव व्यवस्थापनका लागि पहल भइरहेको छ।

मृतक महिलाका श्रीमान पनि कोरोना सङ्क्रमित छन् । परीक्षण रिपोर्ट पोजिटिभ आएका उनको पनि अहिले कोसी कोभिड–१९ उपचार केन्द्रमै उपचार भइरहेको छ ।