|  

वीरेन्द्रनगरमा शव फेला

२ वैशाख, काठमाडौं। वीरेन्द्रनगरमा एकजना युवकको शव फेला  परेको छ । 

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नगरपालिका ८,  स्थित कभर्डहल अगाडि खुल्ला चौरमा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिएका छन् ।

चिङ्गाड गाउँपालिका–६, घर भई हाल वीरेन्द्रनगर–१२ स्थित भावर टोलमा बस्दै आाएका ३५ वर्षीय जितेन्द्र चलाउनेको शव भएको प्रहरीले जनाएको छ । शव पोष्टपार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको र थप अनुसन्धान भैरहेको डीएसपी घर्तीले बताएका छन् ।