|  

बागमती प्रदेशसभा बैठक आज बस्दै 

२ वैशाख, काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिवालयका कार्यव्यवस्था परामर्श समितिबाट यसअघि तय गरेका कार्यसूची अनुसार बैठक बस्न लागेको सचिव कृष्णहरि खड्काले
बताए । माओवादी केन्द्रले प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएको छ । प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पर्यटन विधेयक २०७७ बैठक सन्चालन हुन नसक्दा रोकिएका छन् ।

प्रतिपक्षी सांसदहरुले मदन भण्डारी फाउन्डेसन र विद्युतीय बस खरिद प्रक्रियाका लागि प्रदेशसभा सरकारले उपलब्ध गराउन लागेको ५० लाख रुपैयाँ रोक्न माग गर्दै आएकोमा सो मागमा माओवादी केन्द्रसहित कांग्रेस र विवेकशील पार्टीले समर्थन जनाएका छन् ।

मापदण्डविनै विद्युतीय बस खरिद प्रकृया अगाडि बढाएर भ्रष्टाचारलाई प्राेत्साहन गर्न खोजिएको उनीहरुले आरोप लगाएका छन् ।