|  

‘स्मार्ट डोको नयाँ वर्ष अफर’:६६ प्रतिशतसम्मको छुट साथमा टीभी उपहार

२ वैसाख, काठमाडौँ । स्मार्ट डोको अनलाइन सपिङ प्लेटफर्मले २०७८ सालको उपलक्ष्यमा “स्मार्ट डोको नयाँ वर्षको अफर” सार्वजनिक गरेको छ । जस अन्तर्गत ग्राहकले सामान खरिद गर्दा ६६ प्रतिशतसम्म छुट पाउनेछन् भने हिमालयन बैंकको कार्डबाट अनलाइन पेमेन्ट गर्दा २५ प्रतिशतसम्म क्यास ब्याक  पाउनेछन् । 


त्यसैगरी ४ भाग्यशाली ग्राहकले उपहारमा कोन्का टीभी, आई६ स्मार्ट वाच, वेगा स्ट्यान्ड फ्यान र बाल्ट्रा स्लाइस पप–अप टोस्टर पाउने स्मार्ट डोकोले जनाएको छ । 


ग्राहकहरुले स्मार्ट डोको मार्फत सामसुङ, भिडियोकोन, बाल्ट्रा, क्रेन, डाक्टर ब्राउन, सीजी, लिनर फ्लक्स, हकिन्स, सन प्ले, किडस्को, फुलो, मामा अर्थ, पीसेफ रनियो लाइफ जस्ता टप ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन् । साथै ग्राहकले भुक्तानीको लागि क्यास, कार्ड, अनलाइन भुक्तानी, सेलपे, ई–सेवा, मास्टर कार्डबाट गर्न सकिने कम्पनीले जनाएको छ ।