|  

सिफ्टमा विद्यालय चलाउन शिक्षा मन्त्रालयको आग्रह

३ वैशाख, काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सिफ्टमा विद्यालय सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरेको छ ।  शुक्रबार विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रालयले स्वास्थ्य मापदण्डका सबै उपाय अङ्गीकार गरी विद्यालय चलाउन र सकेसम्म दुई सिफ्टमा विद्यालय चलाउन आग्रह गरेको हो । 


स्यानिटाइजर, मास्क र साबुन पानीको प्रयोग अनिवार्य गर्न र धेरै विद्यार्थी भएको विद्यालयले विद्यार्थी बाँडेर सिफ्टमा विद्यालय चलाउन आग्रह गरेकोे हो । यद्यपि तत्कालै विद्यालय बन्द गर्न नहुने निष्कर्ष निकाल्दै सजगता अपनाउन भने अपिल गरेको छ । 


मन्त्रालयले विद्यालय बन्द गर्ने अधिकार समेत स्थानीय तहलाई दिएको छ । साथै संक्रमण फैलिएको वा संक्रमणको जोखिम उच्च भएको भनी पहिचान गरेका जिल्ला, शहर र स्थान विशेषको हकमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ९डिसिसिएमसी० को समन्वयमा  सम्बन्धित स्थानीय तहको निर्णय बमोजिम त्यस्ता विद्यालयहरु बन्द वा तोकिए बमोजिम सञ्चालन  गर्न आग्रह  गरेको छ ।