|  

लुम्बिनी जनरल इन्स्योरेन्सका लाभांश घोषणा

३ वैशाख, काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस र कर प्रयोजन सहित ५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।