३ वैशाख, काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत सल्लाघारी-सुर्यविनायक सडकखण्डमा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान मृत्यु भएको छ।
सल्लाघारीबाट सुर्यविनायकतर्फ जाँदै गरेको ३-०२-०११ प ८२५० नम्बरको मोटरसाइकल भक्तपुर नगरपालिका-१ चुनदेवीमा दुर्घटना भएको थियो। प्रहरीका अनुसार मोटरसाइकल सडक किनारमा रहेको रेलिङमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा बाँकेको नेपालगन्ज भई पुतलीसडकमा बस्दै आएका २० वर्षीय सूर्य ओली र भोजपुरको चौकीडाडा गाउँपालिका घर भई पुतलीसडकमा बस्दै आएका १८ वर्षीय सुमन गिरी रहेका छन्।
सिसिटिभी फुटेजमा तीव्र गतिमा रहेको मोटरसाइकल रेलिङमा ठोक्किएर दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।