|  

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक आज बस्दै , यस्ता रहेका छन् सम्भावित एजेण्डा !

४ वैशाख, काठमाडौँ । आज (शनिबार) सर्वदलीय बैठक  बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो आफैँले अन्य दलका शीर्ष नेतालाई फोन गरी बैठकमा उपस्थित हुन निम्तो दिइसकेका छन् । कुनै निश्चित विषयमा ठोस निर्णय लिने भन्दा पनि मुलुकमा देखापरेका विभिन्न समस्यामाथि छलफल गर्ने उद्देश्यले बैठक बोलाइएको बताइएको छ । बैठक  बालुवाटारमा बस्ने छ।

संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई सर्वदलीय बैठकमा सहभागी हुन आग्रह गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

बैठकमा पछिल्लो राजनीतिक अवस्था, जारी संसद् अधिवेशन, बढ्दो कोरोना संक्रमण तथा रोकथामलगायत विषयमा छलफल हुने सल्लाहकार थापाको भनाइ छ। 

सर्वदलीय बैठकको निमन्त्रणा दिन प्रधानमन्त्री ओली आफंैले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरेका थिए।