|  

आज कुन-कुन ठाउँमा सम्भावना छ मौसम बदली, वर्षा, हावाहुरी र असिनाको ?

४ वैशाख, काठमाडौँ । देशका अधिकांश क्षेत्रको मौसम शनिबार आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

स्थानीय वायुका साथै पश्चिमी वायुको पनि प्रभाव रहेका मौसम बदली भएको हो । अहिले सुदूरपश्चिम प्रदेश र प्रदेश १ मा सामान्य बदली तथा अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बादली भएको छ । यस्तै अरु क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

शनिबार दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका केही स्थान र तराईका थोरै स्थानमा मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना छ।

यसैबिच पहाडी भू–भागका केहि स्थान र तराईका थोरै स्थानमा मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।