|  

इंग्लिस प्रिमियर लिगः  बराबरीमा रोकियो टोटनह्याम, चोटग्रस्त भए ह्यारी केन

४ वैशाख, काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा टोटनह्याम बराबरीमा रोकिएको छ । अवे मैदानमा भएको खेलमा सुरुवाति अग्रता लिएर पनि टोटनह्यामले त्यसलाई जोगाउन सकेन ।

एभर्टनसँग २–२ को बराबरी खेल्ने क्रममा टोटनह्यामका लागि २७ र ६८ औँ मिनेटमा ह्यारी केनले गोल गरेका हुन् ।

एभर्टनका लागि ३१ (पेनाल्टी) र ६२ औँ मिनेटमा जी सिगुर्डसनले गोल गरेका हुन् । बराबरीपछि ३२ खेलबाट ५० अंकसहित टोटनह्याम सातौँ तथा ३१ खेलबाट ४९ अंकसहित एभर्टन आठौँ स्थानमा छ ।

टोटनह्यामका लागि दुई गोल गरेका ह्यारी केन खेलको अन्तिम समयमा चोटग्रस्त भए । इन्जुरी समयमा उनको गोली गाँठोमा समस्या देखिएको हो । हेड बलका लागि उफ्रिएका बेला उनी पछारिएका हुन् ।