|  

अन्त्य हुने भयो ६ दशकदेखिको पारिवारिक सत्ता नेतृत्व

४ वैशाख, काठमाडौँ । राउल क्यास्ट्रोले क्युबन कम्युनिष्ट पार्टीको नेताबाट राजीनामाको घोषणा गरेका छन् । योसँगै क्यास्ट्रो परिवारको विगत ६ दशकदेखिको सत्ता नेतृत्व अन्त्य हुने भएको छ ।

८९ वर्षका क्यास्ट्रोले पार्टीको कंग्रेसमा आफूले नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्ने बताएका हुन् । आफूले पूरै लगन र साम्राज्यवादी भावना विपरित रहेर नेतृत्व हस्तान्तरणको निर्णय लिएको राउल क्यास्ट्रोले बताएका छन् ।

उनको ठाउँ लिने व्यक्ति पार्टीको चार दिने कंग्रेसको अन्तिम दिन मतदानबाट चयन हुने छन् ।

योसँगै उनका दाइ फिडेल क्यास्ट्रो र उनको औपचारिक नेतृत्वको लहर अन्त्य हुने अपेक्षा छ । सन् १९५९ को क्रान्तिपछि क्युवामा क्यास्ट्रो परिवार सत्तामा रहँदै आएको छ ।

हवानामा भएको पार्टीको सम्मेलनमा शुक्रबार नेता राहुल ह्यास्ट्रोले राजीनामाको घोषणा गरे पनि नेताका रुपमा कसलाई समर्थन गर्ने भन्ने खुलाएका छैनन् ।

तर सन् २०१८ मा राष्ट्रपति बनेका मिगुएल डिआस–कनेल क्युबन कम्युनिष्ट पार्टीको नेता चयन हुने अपेक्षा छ । यससँगै सन् १९५९ पछि पहिलोपटक क्यास्ट्रो परिवार भन्दा बाहिरकाले क्युवाको नेतृत्व गर्ने छन् ।