|  

डिफेन्डरको घरमा हतियारधारीले गरे लुटपाट

४ वैशाख, काठमाडौँ । इटालियन क्लब रोमाका डिफेन्डर क्रिस स्मोलिङ्गको घरमा हतियारधारी व्यक्तिले लुटपाट गरेका छन् ।

स्थानीय समय अनुसार शुक्रबार बिहानै हतियारधारीले लुटपाट गरेका हुन् । दक्षिणी रोममा रहेको उनको घरमा घटना भएको हो । लुटेराले उनको घरबाट महंगा घडी तथा गहना लगेका छन् ।

तीन हतियारधारीले बन्दुक देखाएर क्रिससहित परिवारका सदस्यलाई सामान दिन बाध्य पारेका हुन् । बिहान ५ बजेतिर प्रहरीलाई क्रिसको घरबाट फोन गरिएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा कोही पनि घाइते भएका छैनन् ।