|  

साहित्यकार श्यामदास वैष्णवको निधन

४ वैशाख, काठमाडौँ । साहित्यकार श्यामदास वैष्णवको निधन भएको छ। ९७ वर्षीय वैष्णवको काठमाडौं डिल्लीबजारस्थित आफ्नै निवासमा शुक्रबार साँझ उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। 

वैष्णवका 'आँसु' गीति कविता, कविता सङ्ग्रहहरू 'उपहार', 'अन्तर्ध्वनि' र 'पतकर' मुख्य कृति हुन्। यसका साथै उनले लघुनाटक र गीतिनाटकमा पनि कलम चलाएका थिए। 

पछिल्लो समय हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका वैष्णव विगत तीन वर्षयता घरमा नै आराम गर्दै आइरहेका थिए। उनका चार छोरी, तीन छोरा र ९२ वर्षीया श्रीमती छन्। 

वैष्णव महाकवि लक्ष्मीप्रसाद देवकोटाका समलकालीन साहित्यकार थिए।