|  

मेस्सीले नयाँ सम्झैता गर्ने लापोर्टाको विश्वास

४ वैशाख, काठमाडौँ । बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले नयाँ सम्झैता गर्नेमा क्लबका अध्यक्ष जोन लापोर्टा विश्वस्त छन्। जारी सिजनको अन्त्यसँगै बार्सिलोनासँग ३३ वर्षे मेस्सीको सम्झैता समाप्त हुनेछ।

मेस्सी अर्को सिजन पीएसजी र म्यानचेस्टर सिटी जाने चर्चा छ। तर बार्सिलोनाका अध्यक्ष लापोर्टाले मेस्सीले क्लबसँग नयाँ सम्झौता गर्ने विश्वास गरेका छन्। ६ पटकको बालोना डी’अर विजेता मेस्सीले फुटबल करियरमा बार्सिलोनाबाट मात्र खेलेका छन्।