|  

यसरी रेकर्ड  तोड्यो डढेलोले, संसारभरका वैज्ञानिक चिन्तित

४ वैशाख, काठमाडौँ । वैज्ञानिकहरुका अनुसार नेपालका साथै उत्तर भारतको जंगलमा फैलिएको अहिलेको डढेलो १५ साल यताको सबै भन्दा भीषण डढेलो हो । यूरोपीय संघ अन्तर्गतको कपरनिकस एटमास्फरिक मनीटरिंग सर्भिस (सीएएमएस) का अनुसार पछिल्लो एक महीनामा यो क्षेत्रमा लागेको डढेलोबाट उत्सर्जित प्रदुषण सन २००३ पछिकै सबैभन्दा बढि हो ।

विज्ञहरुले स्याटेलाइटबाट लिईएका तस्बिरहरुको विश्लेषण गर्दै यतिबेला नेपालमा १८ मेघा टन भन्दा बढि कार्बन उत्सर्जन भएको बताएका छन् । जुन २०१६ पछिको सबैभन्दा बढि हो । २०१६ मा नेपालमा २७ मेघा टन कार्बन उत्सर्जन भएको थियो ।

सीएएमएसका बरिष्ठ वैज्ञानिक मार्क प्यारिंगटन भन्छन – उक्त क्षेत्रमा जुन तीव्रताका साथ डढेलो फैलिरहेकोछ त्यो ठुलो चिन्ताको कुरा हो । नेपाल तथा भारतको उत्तराखंडका जंगलमा सल्किएको डढेलोमा परेर अहिलेसम्म २० जना भन्दा धेरै मानिसको मृत्यु भैसकेको बताईन्छ । भनिन्छ डढेलो कै कारण लाखौ हेक्टर जंगल राख भैसकेको छ । यद्यपी यसको आधिकारिक तथ्यांक सार्वजनिक भइसकेको छैन ।

गएको महीना एक समय नेपालमा पाँच सय भन्दा बढी ठाउँमा डढेलो लागेको थियो । जसका कारण पुरा नेपाल कैयन दिन खÞतरनाक वायु प्रदुषण झेल्न बाध्य भयो । नेपालका केहि राष्ट्रीय वन आरक्ष तथा जंगल र भारतका आरक्ष तथा जंगल एक(अर्कासँग टाँसिएका छन जसको अर्थ हो डढेलो नेपाल बाट भारततर्फ र भारतबाट नेपाल तर्फ सरिरहेको छ । पछिल्ला केहि महीनादेखि नेपाल तथा उत्तर भारतका कैयौं ईलाकामा वर्षा भएको छैन ।जसका कारण जंगलि क्षेत्र निकै सुख्खा छ ।

चिंताको अर्को कुरा जंगलमा ठुलो डढेलो लाग्ने महिना मई हुनु हो जुन आउन बाँकी नै छ । त्यसैले जंगलको यो डढेलोले अझ भयावह रूप लिनसक्ने सम्भावना पनि उत्तिकै छ ।वैज्ञानिकहरु जलवायु परिवर्तनलाई अहिलेको डढेलोका लागि मुख्य जÞिम्मेवार त मान्दैनन् तर त्यस् क्षेत्रमा सूख्खा बढेको कुरालाई अस्विकार पनि गरदैनन ।

अर्कातिर नेपाल तथा भारतका केही अधिकारिहरु जंगल छेउका खेतमा लगाईने आगो कै कारण वन क्षेत्रमा डढेलो फैलिएको बताउँछन् । यद्यपि विशेषज्ञहरु यो समस्या मौसम र खेतमा लगाईएको आगोका कारणले मात्र उत्पन्न भएको मान्न तयार छैनन ।

अक्सफÞाम सँग आबद्द भारतिय प्राकृतिक संसाधन प्रबंधन विशेषज्ञ विजेंद्र भन्छन् – सरकारि नीति निर्माताहरुलाई लाग्छ कि जंगलको काम कार्बन लाई अक्सीजनमा बदल्नु मात्र हो । उनिहरु के बिर्सन्छन भने जंगलमा डढेलो पनि लाग्छ र त्यस बाट पनि कार्बन उत्सर्जन हुन्छ ।

नेपाल तथा भारतमा अहिले सम्म जंगलको डढेलो प्राथमिकतामा पर्दैन । एक हिसाबले यो त्यहाँका लागि कुनै मुद्दा नै होईन । साधारणतया यो बिषयमा त्यहाँका संसदमा पनि खासै कुरा उठदैन भने यसको सार्बजनिक चर्चा पनि गरिदैन ।

जंगलको डढेलो प्राकृतिक प्रकोप होईन

भारतको राष्ट्रीय बिपत्ति प्रबंधन प्राधिकरण (एनडीएमए) ले डढेलोलाई प्राकृतिक खÞतरा मानेको छैन । एनडीएमएले आफ्नो वेबसाइटमा चक्रपात, सूनामी, हीटवेव, भूस्खलन, बाढी तथा भूकम्पलाई मात्र उक्त श्रेणीमा राखेको छ ।

२०१९ मा गरिएको फरेस्ट सर्भे अफ इंडियाको विश्लेषणअनुसार भारतको ३६ प्रतिशत जंगलमा आगोको जोखिम छ र त्यसको एक तिहाई मा खतरा निकै बढी छ ।


फायर सर्विसको अभाव

भारतमा त्यहाँको फायर एडवायजरी कमिटीले देशको अग्निशमन सेवामा गम्भिर कमिकमजोरी भएको प्रतिबेदन नै तयार पारेको छ ।

समितिले आफ्नो जाँचका क्रममा अग्निशमनमा प्रयोग गरिने ८० प्रतिशत वाहन त्रुटिपूर्ण रहेको तथा देशको आवश्यकताका हिसाबले अग्निशमन कर्मचारिहरु संख्या ९६ प्रतिशतले कम भएको पाएको थियो ।

समितिको रिपोर्ट आएपछि स्थितिमा केही सुधार आएपनि त्यसले जगलको डढेलो नियन्त्रणमा खासै मद्दत भने पुर्याउँदैन । नेपालमा डढेलोको समस्या गम्भिर हुँदै गए पनि प्रशासनले कुनै तयारी गरेको पाईदैन ।

नेपाल तथा भारतका ठुला जंगलहरुमा कर्मचारिको पनि निकै कमि छ फलस्वरूप कुनै ठुलो डढेलो लाग्दा त्यहाँ नियन्त्रण को कुनै खासै पहल गर्न सकिँदैन ।

नेपालको फेडरेशन अफ कम्युनिटी फरेस्ट्री यूजर्सकी अध्यक्ष भारती पाठक भन्छिन् – सुनिन्छ नेपालको पर्यावरण संरक्षणका नाममा विदेशबाट करोड़ों डलर सहयोग आउँछ तर जंगलको डढेलो नियन्त्रणमा त्यसबाट एक पैशा पनि खर्च गरिँदैन ।

पाठक भन्छिन् – हाम्रो सामुदायिक वनको कामले संसारभर प्रशंशा पाएको छ , तर डढेलोको यो बढ्दो समस्याले सारा उपलब्धिलाई ओझेलमा पार्ला जस्तो छ । नेपालका सम्बद्ध सरकारी अधिकारिहरु डढेलो नियन्त्रणका लागि हर सम्भब प्रयास भैरहेको दाबी गर्छन् ।

नेपालको वन मंत्रालयका प्रवक्ता प्रकाश लम्साल भन्छन् – हामी आफ्नो सीमित श्रोत साधनले जति हुन सक्छ गरिरहेका छौ । नेपालका विकट ठाउँहरुमा डढेलो लागेका कारण पनि त्यसमाथिको नियन्त्रण जटिल साबित भएको हो । लम्साल भन्छन् – विकसित देशहरुमा पनि जंगलको आगो नियन्त्रण एउटा जटिल समस्या साबित भैरहेको छ ।


स्थानीय समुदायको सहयोग

विशेषज्ञहरुका अनुसार जंगल छेउछाउ बस्ने समुदायले नै यसमा अहम भूमिका निर्बाह गर्न सक्छन् तर त्यस्तो हुन सकिरहेको छैन । भारती पाठकका अनुसार त्यसको कारण जंगलको छेउछाउ बस्ने समुदाय र वन विभागबीच विश्वासको कमी पनि हो । जंगल वरपर बस्ने समुदाय के चाहन्छ भने जंगलमा उनिहरुको अधिकारको रक्षा होस् । यीनै कारणले वन विभाग र समुदायबीच सधै तनाव कायम रहन्छ । यसले डढेलो बिरुद्दको लड़ाईसमेत प्रभावित भैरहेको छ ।