|  

 कोटेश्वरमा दाहाल र नेपालबीच गोप्य भेटवार्ता

४ वैशाख, काठमाडौँ । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच गोप्य भेटवार्ता भएको छ। उच्च स्रोतका अनुसार उनीहरूबीच साढे ९ बजेदेखि कोटेश्वरको खरिबोटस्थित एक निवासमा भेटवार्ता भइरहेको हो।

नेता नेपाल निकट केन्द्रीय सदस्य पार्वती थापा तथा उनका श्रीमान चन्द्रलाल श्रेष्ठको निवासमा छलफल भइरहेको बताइएको छ। भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी छन्।

श्रेष्ठको निवासमा यसअघि पनि पटक पटक दाहाल र नेता नेपालबीच भेटवार्ता भएको थियो। कर्णाली प्रदेशमा शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा नेता नेपाल निकटका चार सांसद्ले फ्लोर क्रस गरेर मतदान गरेका थिए। त्यसैले पनि उनिहरुको आजको भेटलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ।