|  

'जस्तालाई त्यस्तै' गर्छु, यसमा दुई मत छैनः मोहन बस्नेत  (भिडियो सहित )

५ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री मोहन बस्नेतले आफुले हरेक व्यक्तिको क्रिया अनुसार प्रतिक्रिया दिने गरेको बताएका छन् ।

केहि दिन पहिले एक टेलिभिजन अन्तरवार्ताका क्रममा नेता बस्नेतले नेकपा एमालेका नेता केशव वडालसँग अन्तरवार्तामै चर्का चर्की गरेका थिए । यसै विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भैरहेका छन् ।

यसै सन्द्रर्भका बारे हेडलाइन नेपालसँगको अन्तरवार्तामा नेता बस्नेतले आफुले 'टिट फर ट्याट' को व्यवहार देखाएको बताए । उनले एमाले नेता बडालसँग आफ्नो कुनै व्यक्तिगत रिसिवि नभएको भन्दै राजनीतिक आस्थाका आधारमा त्यो विवाद भएको प्रष्ट पारे ।

नेता बस्नेतले बोलिको सिमा सबैले राख्नु पर्ने अन्यथा त्यसको परिणाम समान ढडगले आउने चेतावनी दिए ।