|  

एसीसी महिला प्रिमियर कपः  भुटानमाथि नेपालको फराकिलो जित

२१ जेठ, काठमाडौं । नेपाल महिला क्रिकेट टोलीले एसीसी महिला प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ ।

बिहीबार भएको खेलमा नेपालले भुटान महिला क्रिकेट टोलीलाई ५१ रनले पराजित गर्‍यो।पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ११३ रन बनाएको थियो । सीता राना मगरले सर्वाधिक ३७ रन बनाइन् भने रुबिना क्षेत्रीले २४ रन जोडेकी थिइन् ।

लक्ष्य पछ्याएको भुटान २० ओभरमा ६२ रनमै सीमित भयो।नेपालका लागि रुबिना क्षेत्रीले ३ विकेट लिँदा रिया शर्मा, कविता कुँवर र मनिषा उपाध्यायले पनि महत्वपूर्ण विकेट लिए।