२१ जेठ,काठमाडाैं । कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति समिक्षा बास्कोटाले संक्रमणकालीन न्यायसम्बन्धि थाँति रहेका काम छिटो टुंगो लगाउन सरकारसँग आग्रह गरेका छन् ।
बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति बास्कोटाले संक्रमणकालीन न्याय निरुपण लगायतका मानव अधिकारसँग सम्बन्धित थाँति रहेका सबै कामहरु सम्पन्न गर्न सरकारलाई सचेत गराएका हुन् । उनले उक्त कामलाई सम्पन्न गर्नका लागि कानूनमा सुधार ल्याउने काममा समितिले संयोजनकारी भुमिका निर्वाह गर्न तयार रहेको पनि बताए । सरोकारवालाहरुसँग बसेर संक्रमणकालीन न्याय निरुपणमा देखिएका समस्या समाधान हुनेगरी कानून निर्माण गर्ने काम समिति लागिपर्ने सभापति बास्कोटाको प्रतिवद्धता छ । उनले सरकारले संक्रमणकालीन न्याय निरुपणका लागि प्रतिवद्धता जनाएको उल्लेख गर्दै त्यसलाई छिटो निष्कर्षमा पु¥याउनुपर्ने बताए । सभापति बास्कोटाले भने,‘हामीले विभिन्न मानव अधिकारमा हाम्रो कमिटमेन्ट हन्ड्रेड पर्सेन्ट हो । विभिन्न टाईमदेखि मानव अधिकारका विषयहरु थाँति रहेका छन् । चाहे त्यो सत्य निरुपणको विषय होला, चाहे त्यो बेपत्ता पारिएका विषय होला । त्यो सबैलाई अहिलेको सरकारले टुंगो लगाएर जान सकेन भने अब कुनैपनि सरकारले टुंगो लगाउन सक्दैन । त्यसमा हाम्रो हन्ड्रेट पर्सेन्ट कमिटमेन्ट गोभरर्मेन्टको तर्फबाट, कानून मन्त्रालयको तर्फबाट पनि त्यो लेवलको कमिटमेन्ट आएको छ । लहरुमा प्रबलम छ । त्यसमा हामी सोलुशन बेस पोलिटिक्स गर्न चाहन्छौँ । के हो त सोलुशन ? त्यसमा काम गर्न चाहन्छौँ । केही साथीहरुलाई मेले यहीबाट जानकारी पनि गराएँ–कानून, न्याय तथा मानव अधिकार समितिमा धेरै विकास साझेदारका साथीहरु आउनुहुन्छ । र विभिन्न फोरमहरुमा आएर पोलिसीमा सुधार गरौँ भनेर भन्नुहुन्छ । मैले आएदेखि यो समितिको हल छ । त्यसमा हामी सम्बन्धित पक्षसँग छलफल गर्न तयार छौँ । हामी तपाईहरुलाई नै इन्भाईट गरेर कहाँ कहाँ समस्या छन्, समाधान गरौँ । हाम्रो कानून निर्माण गर्न आएको हौँ । त्यसमा काम गर्छौं ।’
सभापति बास्कोटाले मुलुकमा विद्यमान समस्याहरुलाई सम्बोधन हुनेगरी कानून निर्माण गर्ने काममा आफूहरु लागि परेको जिकिर पनि गरेका छन् ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar