२१ जेठ, काठमाडाैं । निवर्तमान गृहमन्त्री सुधन गुरुङको सम्पत्तिबारे छानबिन गर्न गठित समितिले आगामी सोमबार प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
समितिलाई सुरुमा दिइएको १५ दिनको समयसीमा जेठ १९ गते सकिएपछि मन्त्रिपरिषद्ले थप पाँच दिनको म्याद दिएको थियो । उक्त थपिएको म्याद आगामी शनिबार सकिँदै छ ।
छानबिन समितिका सदस्य तथा प्रवक्ता अच्युतमणि न्यौपानेले प्रतिवेदन लेखनको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।
सुधन गुरुङले निर्वाचन आयोगमा पेश गरेको सम्पत्ति विवरण र गृहमन्त्री बनेपछि सार्वजनिक गरेको सम्पत्ति विवरणबीच फरक देखिएपछि उनको सम्पत्तिमाथि प्रश्न उठेको थियो । आरोप र विवाद बढ्दै गएपछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।
सरकारले वैशाख २८ गतेको मन्त्रिपरिषद् बैठकबाट उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा छानबिन समिति गठन गरेको थियो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेका छन् ।
समितिको प्रतिवेदनपछि गुरुङको सम्पत्ति सम्बन्धी विवाद र आरोपबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar