|  

मधेश प्रदेशमा बजेट खर्च १९.४ प्रतिशत मात्रै

२३ जेठ, काठमाडाैं । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को कुल बजेटमध्ये हालसम्म १९.४ प्रतिशत मात्र खर्च गरेको छ।

प्रदेश अर्थ मन्त्रालयका अनुसार जेठ २१ गतेसम्म ४६ अर्ब ९८ करोड रुपैयाँभन्दा बढीको विनियोजनमध्ये ९ अर्ब ११ करोड रुपैयाँ मात्र खर्च भएको हो। चालुतर्फ ५ अर्ब ३२ करोड र पुँजीगततर्फ ३ अर्ब ७९ करोड रुपैयाँ खर्च भएको छ। अर्थमन्त्री युवराज भट्टराई ले साप्ताहिक रूपमा खर्च प्रगति सार्वजनिक गर्दै आएको बताउँदै हालको खर्च वृद्धि निकै सुस्त रहेको उल्लेख गरेका छन्।

यसअघि जेठ १३ सम्म ८ अर्ब ७५ करोड रुपैयाँ खर्च भएकोमा एक सातामा करिब ३६ करोड रुपैयाँ मात्र थपिएको देखिएको छ।