|  

 घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलामा ? 

२४ जेठ, काठमाडौं । साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाला सुन तोलामा  एक हजार रुपैयाँले घटेको हो। जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला  तीन लाख आठ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी पनि तोलामा ३३५ रूपैयाँले घटेर प्रतितोला  चार हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।