|  

आज सातै प्रदेशमा वर्षाको सम्भावना

२६ जेठ, काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहने र केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा पनि छिटपुट वर्षा हुन सक्छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा तातो दिन रहने सम्भावना रहेको छ। राति पनि कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा बदली र छिटपुट वर्षाको सम्भावना रहनेछ।