|  

फिलिपिन्स भूकम्पः मृ#तकको संख्या ३५ पुग्यो, २०० बढी घाइते

२६ जेठ, काठमाडौं । दक्षिणी फिलिपिन्समा गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३५ पुगेको छ भने २०० भन्दा बढी घाइते भएका छन् ।

भूकम्पका कारण धेरै भवनहरू ध्वस्त भएका छन्, तटीय क्षेत्रमा सुनामी र पहाडी क्षेत्रमा पहिरो जाँदा ठूलो धनजनको क्षति भएको छ। जनरल सान्तोस शहरमा धेरै भवनहरू भत्किएका छन् ।

घाइतेमध्ये अधिकांश भग्नावशेषमा पुरिएका थिए। भूकम्पपछि करिब १ मिटर उचाइको सुनामी आएको थियो, जसले तटीय बस्तीहरूमा व्यापक क्षति पुर्‍याएको छ।