|  

भारतीय नागरिकलाई नागरिकता दिलाएको आरोपमा पक्राउ परे वडाध्यक्षसहित ४ जना

२६ जेठ, काठमाडौं । एक भारतीय नागरिकलाई गैरकानुनी रूपमा नेपाली नागरिकता दिलाउन भूमिका खेलेको आरोपमा दाङका एक वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् ।

सोही घटनामा थप दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर अहिर, वडा सचिव तथा स्थानीय पञ्जिकाअधिकारी राजेशकुमार कहर, कार्यालय सहायक मीना चौधरी र स्थानीय बासिन्दा आलम जोल्दा रहेका छन्।

पक्राउ परेकालाई अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।