२६ जेठ, काठमाडाैं । आगामी शनिवार काठमाडौंमा नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप हुने भएको छ ।
नेपाल क्लाइम्बिङ स्पोर्ट संघको आयोजनामा जेठको ३० गते एकदिने नेसनल स्पोटर्् क्लाइम्बिङ च्याम्पियनसिप हुन लागेको हो । काठमाडौंको कालोपुलस्थित स्पोर्ट क्लाइम्बिङ सेन्टरमा सञ्चालन हुनेछ । त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा संघले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । संघले विश्व क्लाइम्बिङ महासंघको सदस्यसमेत रहेको प्रतियोगिता अन्तर्राष्ट्रिय मापदण्डअनुरूप हुने भएको छ । यस प्रतियोगितामा बोल्डरिङ विधामा मात्र प्रतिस्पर्धा हुनेछ । आर्थिक समस्या र छोटो तयारीका कारण एउटा मात्र विधामा समावेश गर्नुपरेको संघका अध्यक्ष रमेश पौडेलले जानकारी दिए ।
देशका सात वटै प्रदेशबाट १७ वर्षभन्दा माथिका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताअन्तर्गत महिला तथा पुरुष दुवै विधाको क्वालिफिकेसन राउन्ड सुरु हुनेछ ।क्वालिफिकेसनबाट उत्कृष्ट प्रदर्शन गर्ने महिला र पुरुषतर्फका समान आठ खेलाडी फाइनल चरणका लागि छनोट हुनेछन् । फाइनलपछि दुवैमा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले नगद पुरस्कार पाउनेछन् । शिर्ष तीन खेलाडीले ३० हजार,२० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा ५० खेलाडीले प्रतिस्पर्धा गर्ने र अहिलेसम्म २३ जना खेलाडी नाम दर्ता गराइसकेका छन् । नेपालमा क्लाइम्बिङ खेलको विकास र प्रवद्र्धन गर्नु खेल आयोजना गरिएको संघले जनाएको छ ।
साहसिक खेल तथा पर्वतीय पर्यटनको प्रचार प्रसारमा समेत यस प्रतियोगिताले योगदान पुग्ने विश्वास संघले लिएको छ । प्रतियोगिताका क्रममा सहभागी खेलाडी तथा प्राविधिकहरूका लागि दुर्घटना तथा खेल जोखिमलाई मध्यनजर गर्दै बीमाको व्यवस्था पनि गरिने भएको छ । संघका अध्यक्ष पौडेलले पर्यटन क्षेत्रसँग सम्बन्धित संघ-संस्था तथा निजी क्षेत्रको सहयोग र प्रायोजनले प्रतियोगिता आयोजना गर्न सम्भव भएको बताएका छन् । प्रतियोगिताले नेपालमा क्लाइम्बिङ खेलको लोकप्रियता बढाउन तथा नयाँ प्रतिभा उत्पादन गर्न महत्वपूर्ण भुमिका खेल्ने उनको विश्वास छ । यस प्रतियोगिताका लागि २५ लाख खर्च हुने आयोजकको अनुमान छ ।
यसै खेलबाट एसियन गेम्सको छनोटमा चीनमा तीन जना खेलाडी सहभागी भएका थिए । तेन्जिन राई, रोनक उप्रेती र श्वस्तिका चौधरी छनोट प्रतिष्पर्धामा सहभागी भएपनि सफल भएनन् ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar