२७ जेठ, काठमाडौं । मध्यपूर्व तनाब झन् बढेको छ । अमेरिकी सेनाले इरानमाथि पुनःभीषण आक्रमण शुरू गरेपछि तनाव उत्कर्षमा पुगेको हो ।
अमेरिकी सेनाको हेलिकप्टर इरानले खसालिदिएको आरोप लगाउँदै सेन्ट्रल कमान्डको निर्देशनमा सैन्य कारबाही गरिएको हो । अमेरिकी आक्रमणको जवाफमा इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्स’ले पनि बहराइनस्थित अमेरिकी नौसैनिक पाँचौँ ब्याच र अन्य अमेरिकी ठेगानाहरूलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको स्रोतले जनाएको छ ।
दुवै देशबीच भइरहेको यो सैन्य टकरावले विगत केही समयदेखि पर्दापछाडि चलिरहेको शान्ति वार्ता र सम्भावित युद्धविरामको प्रयासलाई गम्भीर संकटमा धकेलिदिएको छ।अमेरिकी सेन्ट्रल कमान्डका अनुसार, हर्मुज जलमार्गमाथि उडिरहेको अमेरिकी सेनाको अपाचे हेलिकप्टरलाई इरानले ड्रोनमार्फत खसालेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल जवाफी कारबाहीको आदेश दिएका थिए ।
यद्यपि, इरानको अर्ध–सरकारी समाचार संस्था मेहरले भने यस घटनाको जिम्मेवारी इरानले नलिएको दाबी गरेको छ। अमेरिकी आक्रमणहरू मुख्य गरी इरानको रक्षा प्रणाली र राडार संयन्त्रहरूमा केन्द्रित रहेको बताइएको छ।
इरानी सञ्चारमाध्यमहरूका अनुसार पर्सियन खाडी र हर्मुज क्षेत्रका रणनीतिक स्थानहरू बन्दर अब्बास, कस्म टापु, सिरीक, मिनाब र जास्क काउन्टीमा ठूला विस्फोटका आवाजहरू सुनिएका छन् ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar