|  

एकैदिन तोलामा १० हजार १ सय रुपैयाँले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? 

२७ जेठ, काठमाडौं । साताको कारोबारको चौथो दिन आज (बुधबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा  १० हजार १ सय रुपैयाँले घटेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमामा कारोबार भइरहेको छ ।

यता आज चाँदी पनि तोलामा १८५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ।