|  

फिलिपिन्स भूकम्प अपडेटः मृ#त्यु हुनेको सङ्ख्या ४५ पुग्यो, १७ जना अझै बेपत्ता

२७ जेठ, काठमाडौं । फिलिपिन्सको मिन्डानाओको दक्षिणी तटमा सोमबार गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बुधबार अद्यावधिक गरेको तथ्याङ्कअनुसार भूकम्पमा परी ४ सय ८७ जना घाइते भएका छन् भने अझै १७ जना बेपत्ता छन्।

भूकम्पका कारण ३३ हजारभन्दा बढी परिवारका करिब डेढ लाख नागरिक प्रभावित भएका छन्। अस्पताल, विद्यालय र पुललगायत २ सय ३८ वटा भौतिक पूर्वाधारमा क्षति पुगेको छ।

मुख्य झट्कापछि हालसम्म १ हजार ७ सयभन्दा बढी परकम्प गइसकेका छन्।