२७ जेठ, काठमाडाैं । नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२०आई वरियतामा एक स्थान तल झरेको छ। पछिल्लो अपडेटअनुसार नेपाल २३औं स्थानमा पुगेको हो।
हालैका प्रतियोगितामा अपेक्षित नतिजा निकाल्न नसकेपछि टोलीको वरियतामा गिरावट आएको हो। पछिल्ला केही सातामा नेपालले एसियन गेम्स छनोट र एसिया कप छनोट दुवैमा स्थान बनाउन असफल भएको छ। एसियन गेम्स छनोट चरणमा नेपालले चीन र इन्डोनेसियालाई पराजित गरे पनि सेमिफाइनलमा मलेसियासँग हार बेहोरेको थियो। तेस्रो स्थानका लागि भएको खेलमा पनि चीनसँग पराजित भएपछि टोली एसियन गेम्समा पुग्न सकेन। त्यसपछि एसीसी महिला प्रिमियर कपमा नेपालले समूह चरणमा कतार र भुटानलाई हराएको थियो भने हङकङसँग पराजित भएको थियो। बुधबार बिहान भएको क्वाटरफाइनलमा थाइल्यान्डसँग हार व्यहोर्दै नेपाल एसिया कपमा समेत छनोट हुन असफल भयो। लगातारका हार र छनोट प्रतियोगितामा असफलतासँगै नेपाली महिला टोलीको अन्तर्राष्ट्रिय प्रदर्शनमा चुनौती थपिएको देखिन्छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar