|  

इरान-अमेरिका तनाब बढेपछि कच्चा तेलको मूल्यमा झन्डै ३ प्रतिशतको वृद्धि

२८ जेठ, काठमाडौं । अमेरिकाले इरानका सैन्य लक्ष्यहरूमा पुनः हवाई आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य झन्डै ३ प्रतिशतले बढेको छ ।

बढ्दो सैन्य तनावले मध्यपूर्वमा द्वन्द्व लम्बिने र विश्व ऊर्जा आपूर्तिमा असर पर्ने चिन्ता बढाएको छ।भौगोलिक- राजनीतिक जोखिम बढेसँगै बजारमा जुलाई डेलिभरीका लागि अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट क्रुड फ्युचर्सको मूल्य प्रतिब्यारेल ९२.७ डलर आसपास पुगेको छ भने ब्रेन्ट क्रुड फ्युचर्सको मूल्य बढेर प्रतिब्यारेल ९५.४ डलर आसपास कायम भएको छ ।