|  

तोलामा ५ हजार  १ सय रुपैयाँले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? 

२८ जेठ, काठमाडौं । साताको कारोबारको पाचौं दिन आज (बिहीबार) पनि सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५ हजार १ सय रुपैयाँले घटेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी पनि तोलामा ९० रुपैयाँले घटेर प्रतितोला  ४ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।