|  

इरानमाथिको आक्रमण रोक्दै ट्रम्पले भनेः ‘ऐतिहासिक सम्झौताको नजिक छौँ’

२९ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सैन्य आक्रमण रद्द गरेको घोषणा गर्दै युद्ध अन्त्यका लागि प्रारम्भिक सम्झौताको नजिक पुगेको दाबी गरेका छन् ।

बिहीबार ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, “हामीले इरानसँगको युद्ध अन्त्यका लागि भर्खरै एउटा ठुलो सम्झौता गरेका छौँ ।”

तर, इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले भने सम्झौताका रिपोर्ट “अनुमानित” मात्र भएको र “अहिलेसम्म केही पनि अन्तिम रूपमा तय नभएको” बताएका छन् ।

ट्रम्पले यसअघि पनि दुई देशबिच युद्ध अन्त्यको सम्झौता हुन लागेको यस्तै दाबी गर्दै आएका थिए । रोचक कुरा त के छ भने, यो घोषणा गर्नुभन्दा केही घण्टा अघि मात्र ट्रम्पले इरानमाथि “अत्यन्तै कडा” प्रहार गर्ने चेतावनी दिएका थिए ।