|  

उद्घाटन खेलमै मेक्सिको चम्कियो, दक्षिण अफ्रिका २-० ले पराजित

२९ जेठ, काठमाडौं । घरेलु टोली मेक्सिकोले विश्वकप २०२६ को उद्घाटन खेलमा बिहीबार दक्षिण अफ्रिकालाई २–० गोल अन्तरले पराजित गरेको छ ।

एजटेकाका रंगशालामा भएको खेलमा जुलियन क्विनोनेस र राउल जिमेनेजले गोल गर्दै मेक्सिकोलाई जित दिलाए । दक्षिण अफ्रिकाले दुई खेलाडी रातो कार्डका कारण गुमाउँदा खेलमा दबाब झेल्नुपरेको थियो।