|  

कैलालीमा च्याउ टिप्न गएका २ महिलालाई बाढीले बगायो, एक जनाको श#व फेला

२९ जेठ, काठमाडौं ।  कैलालीको गोदावरी नगरपालिका–३ मा गोदावरी नदीले बगाएको एक महिलाको शव फेला परेको छ भने अर्की महिला बेपत्ता छिन् ।

शुक्रबार बिहान आएको बाढीले गोदावरी नगरपालिका–४ बस्ने ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदलाई बगाएको थियो ।

धमलाको शव गोदावरी नदीस्थित आर्यघाट नजिक भेटिएको प्रहरीले जनाएको छ । बाढीमा बगेकी कल्पनाको अवस्था अज्ञात छ ।

दुवै महिला शुक्रबार बिहान करिब ६ बजे जंगलमा च्याउ टिप्न भनेर घरबाट निस्किएका थिए । त्यसक्रममा खोलामा आएको बाढीले उनीहरूलाई बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।