|  

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, तीन नाविकको मृ#त्यु भएपछि इरानको कडा प्रतिक्रिया

२९ जेठ, काठमाडौं । खाडी क्षेत्रमा भारतीय चालक दल रहेका जहाजहरूमाथि भएको आक्रमणमा तीन भारतीय नागरिकको मृत्यु भएपछि इरानले अमेरिकाको कडा आलोचना गरेको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले यस घटनालाई अमेरिकाको ‘हतियारबन्द लुट र समुद्री डकैती’ नीतिको उदाहरण भन्दै अन्तर्राष्ट्रिय समुदायलाई अमेरिका जवाफदेही बनाउन आग्रह गरेका छन् ।

अमेरिका–इरान तनावबीच पछिल्ला चार दिनमा भारतीय चालक दल रहेका तीन जहाजमाथि आक्रमण भएको बताइएको छ। जुन १० मा एमटी सेटेबेलो जहाजमाथि भएको आक्रमणमा २४ भारतीयमध्ये तीन जनाको मृत्यु भएको थियो भने २१ जनालाई सुरक्षित उद्धार गरिएको छ।

त्यसअघि जुन ८ मा एमटी मारिभेक्स जहाजमाथि आक्रमण हुँदा सवार २४ भारतीय नाविकलाई सुरक्षित रूपमा उद्धार गरिएको थियो।