२९ जेठ, काठमाडौं । नेपालका आधाभन्दा बढी सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या अत्यन्त कम रहेको पाइएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार देशभरका २७ हजार १० सामुदायिक विद्यालयमध्ये १३ हजार ७३६ विद्यालयमा १०० भन्दा कम विद्यार्थी छन्, जसले विद्यालय सञ्चालन र व्यवस्थापनमा चुनौती थपेको छ । विद्यार्थी वितरणमा असमानता देखिएपछि सरकारले विद्यार्थी न्यून भएका विद्यालयलाई अन्य विद्यालयमा गाभ्ने तथा आवश्यकता अनुसार कक्षा घटुवा गर्ने प्रक्रिया अघि बढाएको छ।
हालसम्म ६५० भन्दा बढी विद्यालय समायोजन भइसकेका छन्।यसैबीच, रुपन्देहीस्थित कालिका मानव ज्ञान माध्यमिक विद्यालय देशकै सबैभन्दा धेरै विद्यार्थी भएको सामुदायिक विद्यालय बनेको छ, जहाँ ८ हजार २३९ विद्यार्थी अध्ययनरत छन्।
त्यस्तै काठमाडौँका दुई तथा धनुषा, कपिलवस्तु, भक्तपुर र मोरङमा एक र एक वटा विद्यालय छन्, जहाँ चार हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत छन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar