|  

एकैदिन तोलामा  ५ हजार ३०० ले बढ्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? 

२९ जेठ, काठमाडौं ।  साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापवाला सुन तोलामा  ५ हजार ३०० रुपैयाँले बढेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार बजारमा सुनको मूल्य प्रति तोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।सुनको मूल्यसँगै आज चाँदीको मूल्यमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रति तोलामा १९० रुपैयाँले बढेर ४ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ।