२९ जेठ,काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका सांसद एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा अनधिकृत रूपमा करका दरहरू हेरफेर गरेको आरोप लगाउँदैसंसदीय छानबिनको माग गरेका छन् ।
शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले अर्थमन्त्रीको पछिल्लो अभिव्यक्ति र कार्यशैलीप्रति आपत्ति जनाएका हुन् । सांसद पुनले मन्त्रिपरिषद्ले पारित गरिसकेको विधेयकमा संसदको अधिकार क्षेत्रलाई मिचेर अर्थमन्त्री स्वयंले करका दरहरू परिवर्तन गरेको स्वीकार गर्नु गम्भीर कानूनी र नैतिक प्रश्न भएको बताए । स्व. भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा बजेट चुहावटको विषयमा संसदीय छानबिन समिति बनेको प्रसङ्ग उल्लेख गर्दै पुनले यसपटक पनि निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए ।
अर्थमन्त्रीले संसद्मा ‘हिजोका फाइल खोलिदिन्छु’ भन्दै दिएको अभिव्यक्तिलाई सांसद पुनले ‘धम्कीको राजनीति’ को संज्ञा दिए । पुनले छानबिन समितिलाई थप विश्वसनीय बनाउन यसपटक निर्वाचित भएर आएका नयाँ सांसदहरूको मात्र प्रतिनिधित्व रहने गरी समिति गठन गर्न समेत प्रश्ताव गरेका छन् । उनले सरकारले बहुमतको दम्भमा संसदीय प्रक्रिया र मर्यादालाई बेवास्ता गर्न नहुने भन्दै अर्थमन्त्रीको अहङ्कारी प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउने बताए । उनले भने,‘सामान्य प्राविधिक त्रुटिहरू सच्याउनु स्वाभाविक भए पनि क्याबिनेटले टुङ्ग्याएको विधेयकका १६-१७ पाना हेरफेर गर्नु र ७ वटा वस्तुको करका दर आफैँले परिवर्तन गरेँ भन्नु नीतिगत भ्रष्टाचार र संसदीय मर्यादाको उल्लंघन हो । विगतका बजेट निर्माणमा मेरो कुनै गल्ती छ भने म छानबिनका लागि तयार छु । वर्तमान अर्थमन्त्रीले चुनौती दिएका कारण मेरो कार्यकालको पनि छानबिन गरियोस्, तर यसपटकको गम्भीर त्रुटिलाई लुकाउन पाइँदैन ।’
यसअघि प्रतिपक्षले प्राविधिक त्रुटी होला भनी ‘शङ्काको सुविधा’ दिएको भएपनि अर्थमन्त्री आफैँले संसद्मा उभिएर नियमविपरीत करका दर हेरफेर गरेको स्वीकार गरेपछि सदनमा गम्भीर प्रश्न उठेको उनको भनाइ छ । पत्रकार र सञ्चारमाध्यमप्रति अर्थमन्त्रीले प्रयोग गरेको शब्दप्रति पनि पुनले असन्तुष्टि व्यक्त गर्दै सार्वजनिक जवाफदेहिताबाट नभाग्न चेतावनी दिए ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar