काठमाडौं । हुम्लास्थित चंखेली गाउँपालिका–२ मा नेपाल–भारत मैत्री अस्पताल भवन निर्माणको शिलान्यास गरिएको छ।
भारतीय राजदूतावासका अनुसार बिहीबार शिलान्यास गरिएको उक्त अस्पताल भवन भारत सरकारको करिब १४ करोड ८० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको हो।
परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत चंखेली गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ।
शिलान्यास कार्यक्रममा चंखेली गाउँपालिकाका अध्यक्षसहित अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान हुँदै आएको विकास सहयोगको प्रशंसा गर्दै नयाँ अस्पताल भवनले स्थानीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भिडियो सन्देशमार्फत परियोजनाका सम्पूर्ण सरोकारवालालाई शुभकामना दिँदै साझा विकास र समृद्धिका लागि नेपाल सरकार र नेपाली जनतासँग सहकार्य गर्ने भारत सरकारको प्रतिबद्धता दोहोर्याए।
भारतीय राजदूतावासका अनुसार उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमअन्तर्गत हालसम्म नेपालका सातै प्रदेश र ७४ जिल्लामा करिब ६०० परियोजना सञ्चालन गरिएका छन्। हुम्लामा यो तेस्रो उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।
यसअघि भारत सरकारले सर्केगाडस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा पुस्तकालय भवन निर्माण तथा चंखेली–दार्मास्थित श्री महादेव उच्च माध्यमिक विद्यालयमा प्रयोगशाला र पुस्तकालय भवन निर्माणका लागि अनुदान सहयोग उपलब्ध गराएको थियो।
यसका साथै सन् २०२४ जुलाईमा हुम्लाका चंखेली, सर्केगाड र सिमकोट गाउँपालिकाका निर्वाचित प्रतिनिधिहरू सम्मिलित १० सदस्यीय टोलीको भारत भ्रमणसमेत आयोजना गरेको थियो।
भारतीय राजदूतावासले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यलाई उल्लेख गर्दै यस्ता परियोजनाले स्थानीय पूर्वाधार विकासमा योगदान पुर्याउनुका साथै विकास र समृद्धिका लागि नेपाल सरकारको प्रयासलाई सुदृढ बनाउन सहयोग पुग्ने जनाएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar