|  

सिंहदरबारको केन्द्रीय क्यान्टिनमा भेटियो घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा 

३० जेठ, काठमाडौं । सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनमा घुन लागेको १७ किलो चनाको दाल, ओसिएको ११ किलो बदाम र १४ वटा फुटेका अण्डा फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सञ्चालक जी एण्ड बी क्याफे ग्रुप लाई रु २ लाख १ हजार जरिवाना गरेको छ।

रु ६ हजार ५ सय ६० बराबरका अखाद्य वस्तु नष्ट गरिएको विभागले जनाएको छ।