|  

‘दाई दाई’ बन्यो विश्वकपकै सर्वकालीन उत्कृष्ट गीत, ‘वाका वाका’ दोस्रोमा

३० जेठ, काठमाडौं । शकिरा र बर्ना ब्वायको गीत ‘दाई दाई’ विश्वकप फुटबलको सर्वकालिन उत्कृष्ट गीत घोषित भएको छ ।

प्रतिष्ठित सांगीतिक म्यागजिन बिलबोर्डले यो गीतलाई सबै समयको उत्कृष्ट विश्वकप गीतको रूपमा उल्लेख गरेको हो ।आफ्ना पाठकमाझ आयोजित सर्वेक्षणमा ३१.२८ प्रतिशत मत पाउँदै ‘दाई दाई’ उत्कृष्ट विश्वकप गीत बनेको बिलबोर्डले उल्लेख गरेको छ ।

शकिराकै अघिल्लो बहुचर्चित विश्वकप गीत ‘वाका वाकाःदिस टाइम फर अफ्रिका’ २६.६४ प्रतिशत मत पाउँदै सूचीको दोस्रो स्थानमा छ ।

सन् १९९० देखि अहिलेसम्म विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेका कुल १० विश्वकपका आधिकारिक गीतमध्ये पाठकले मतदान गरेका थिए ।फिफा विश्वकपका आधिकारिक गीतहरूमध्ये यस वर्षको गीतलाई समर्थकले सर्वाधिक रुचाएका छन् ।