|  

क्रियाशील सदस्यको संख्या १० लाख नाघ्ने कांग्रेस महामन्त्री पौडेलको दाबी

३० जेठ, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्य अद्यावधिक गर्ने प्रक्रिया जेठ २८ गते मध्यरातमा सम्पन्न गरेको छ।

अद्यावधिकका लागि योग्य ७ लाख ८२ हजार २०९ सदस्यमध्ये हालसम्म ५ लाखभन्दा बढीले एनसी आईडी प्राप्त गरी प्रक्रिया पूरा गरेका छन् ।

कांग्रेसका महामन्त्री प्रदीप पौडेल का अनुसार कुल ६ लाख ८७ हजार ९३१ सदस्यको अद्यावधिक प्रक्रिया सम्पन्न भइसकेको छ र बाँकी प्रक्रिया सकिएपछि क्रियाशील सदस्य संख्या १० लाख नाघ्ने अपेक्षा गरिएको छ।

हिमाली जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका सदस्यहरूको अद्यावधिक कार्य थप व्यवस्थित गरिने तथा नयाँ सदस्यताका लागि अनलाइन आवेदन खुला रहेको पार्टीले जनाएको छ।